सोमबार, चैत ३, २०८१

वीरगंजमा ७० वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु

नेपालखोज २०७७ भदौ ७ गते २०:२९

वीरगंज । वीरगंजमा एक ७० वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको बिन्दाबासिनी गाउँपालिका वडा नम्बर ३ ईटियाहीकी ७० वर्षीया महिला हुन्।

Advertisement

उनको मृत्यु आइतवार बिहान ११ बजेर ४० मिनेटमा उपचारको क्रममा नारायणी अस्पतालको आइसीयूमा भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

क्षयरोगको बिरामी रहेकी महिलाको श्वासप्रश्वासमा समस्या देखिएपछि साउन ६ गते नारायणी अस्पतालमा भर्ना गरी उपचार शुरु गरिएको थियो। उनको स्वाब हिजो नै संकलन गरी परीक्षण गर्दा आइतवार रिपोर्ट पोजिटिभ आएको हो ।

योसँगै पर्सामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्यामा ३० पुगेको छ।

प्रतिक्रिया