बिहीबार, वैशाख १३, २०८१

साग : नेपालले आफ्नै रेकर्ड तोड्दै बनायो नयाँ किर्तिमानी, जारी सागमा बुद्धिबहादुरले दिलाए ३२ औं स्वर्ण

नेपालखोज २०७६ मंसिर १९ गते १५:५१

१९ मंसिर, काठमाडौँ। नेपालले जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)मा फेरि अर्को स्वर्ण पदक जितेको छ । साइक्लिङमा स्वर्ण पदक जित्दै खेलाडी बुद्धिबहादुर तामाङले नेपाललाई अर्को स्वर्ण दिलाएका हुन् ।

यससँगै जारी सागमा नेपालको स्वर्ण ३२ पुगेको छ ।

बिहीबार गोकर्णमा भएको पुरुष क्रस कन्ट्रीमा बुद्धिबहादुरले १ घन्टा १९ मिनेट ८ सेकेण्डमा निर्धारित दुरी पार गरे ।

आठौं सागको रेकर्ड भंग

बुद्धिबहादुरको स्वर्णसँगै नेपालले सागको अहिलेसम्मकै संस्करणमा सर्वाधिक स्वर्ण जितेको छ ।

सातौं संस्करणसम्म दोहोरो अंकमा स्वर्ण पदक जित्न नसकेको नेपालका लागि आठौं  ऐतिहासिक रह्यो ।

१९९९ मा काठमाडौंमा आयोजित आठौं सागमा नेपालले ३१ स्वर्ण जितेको थियो । पहिलो पटक समावेश गरिएको कराँते र तेक्वान्दोमा नेपालले १४—१४ वटा स्वर्ण पदक जितेर इतिहास रचेको थियो ।

प्रतिक्रिया