शनिबार, वैशाख ८, २०८१

साग : पौडीमा गौरीकाले नेपाललाई दिलाईन् व्यक्तिगततर्फको पहिलो स्वर्ण

नेपालखोज २०७६ मंसिर १९ गते १७:०१

१९ मंसिर, काठमाडौँ । गौरिका सिंहले नेपाललाई पहिलो पटक पौडीमा स्वर्ण पदक जिताएकी छिन् । जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) मा उनले २०० मिटर फ्रि स्टाइलमा स्वर्ण जितेकी हुन् ।

बुधबार सातदोबाटोस्थित पौडी पोखरीमा भएको प्रतिस्पर्धामा उनले निर्धारित दुरी २ मिनेट ५.०६ सेकेण्डमा पूरा गरिन् । यो दक्षिण एसियाली खेलकुदमा उनको मात्र होइन, व्यक्तिगततर्फ नेपालकै पहिलो स्वर्ण हो ।

यसअघि १९९९ मा नेपालमै भएको आठौं सागमा नेपालले टिम इभेन्टमा स्वर्ण जितेको थियो । गौरिकाले भने २०१६ को सागमा रजत पदक जितेकी थिइन् ।

प्रतिक्रिया