सोमबार, वैशाख १७, २०८१

हिन्दु धर्मसँग जोडिएको ‘नुन्सतारा’ बन्यो इन्डोनेसियाको राजधानी !

नेपालखोज २०७८ माघ ८ गते ८:५९

जकार्ता । इन्डोनेसियाको संसदले देशको राजधानी जकार्ताबाट नुन्सतारा स्थानन्तरित गर्ने कानुन पारित गरेको छ । इन्डोनेसियाका नेताहरु वर्षौंदेखि जकार्ताबाट राजधानी हटाउने प्रयासमा थिए ।

अगस्त २०१९ मा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले पहिलोपटक देशको राजधानी जकार्ताबाट स्थानान्तरित गर्ने घोषणा गरेका थिए । यद्यपि कोरोना भाइरसको महामारीका कारण यसमा केही ढिलाइ भयो । इन्डोनेसियाको नयाँ राजधानी नुन्सताराको इतिहास हिन्दु धर्मसँग पनि जोडिएको छ ।

नुन्सतारा कहाँ छ ?
राजधानीका लागि छानिएको सहर नुन्सतारा एउटा जावानीस शब्द हो जसको अर्थ इन्डोनेसियाई भाषामा ‘द्वीप समूह’ हुन्छ । यो क्षेत्र बोर्नियो द्वीपमा कालीमन्तनको जंगलको भित्री भागमा पर्छ । इन्डोनेसियाको राष्ट्रिय योजना तथा विकास एजेन्सीका अनुसार नयाँ राजधानीको कुल क्षेत्रफल करिब २,५६,१४३ हेक्टर रहनेछ । इन्डोनेसियाले संसारको तेस्रो ठूलो द्वीप बोर्नियोको अधिकांश हिस्सा ओगटेको छ ।

इन्डोनेसियाली सञ्चारमाध्यमहरुका अनुसार नयाँ राजधानीलाई सरकारले कम कार्बन उत्सर्जन गर्ने ‘सुपर हब’ का रुपमा विकसित गर्नेछ । नुन्सताराको नेतृत्व एक चिफ अथरिटीले गर्नेछन् जसको हैसियत मन्त्रीबराबर हुनेछ ।

प्रतिक्रिया