बिहीबार, वैशाख १३, २०८१

एमबीबीएस पहिलो वर्षको परीक्षाको प्रश्नपत्र आउट

नेपालखोज २०७६ मंसिर २० गते ७:४९

२० मंसिर, काठमाडाैं । गण्डकी मेडिकल कलेजमा एमबीबीएस पहिलो वर्षको परीक्षाको प्रश्नपत्र आउट गर्दै क्याम्पस प्रमुख र सीईओका छोराछोरी र भाइभतिजा गरी ५ जनालाई परीक्षामा सामेल गरेको भन्दै आन्दोलनरत विद्यार्थीले विरोध गरेका छन् । प्रश्नपत्र बाहिरिएसँगै विद्यार्थी र कलेज सञ्चालकबीच भएको विवादले तनावको स्थिति निम्त्याएको आन्दोलनरत विद्यार्थीले जनाएका छन् ।

त्रिभुवन विश्वविद्यालय चिकित्का शास्त्र अध्ययन संस्थान (आईओएम)बाट सम्बन्धन लिएका कलेजमा बुधबारदेखि पहिलो वर्षको वार्षिक परीक्षा शुरु भएको छ । उक्त कलेजमा पहिलो वर्षमा ९५ जना विद्यार्थी अध्ययनरत रहेकामा कलेज सञ्चालक र सीईओका छोराछोरीलाई सहभागी गराएर परीक्षा सुचारु गरिएको छ । परीक्षाको तालिका बिहान १० देखि २ बजेसम्म रहेको छ । प्रश्नपत्र बाहिरिनुमा कलेज सञ्चालकको हात रहेको विद्यार्थीहरुको दाबी रहेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया