शुक्रबार, वैशाख १४, २०८१

५००० मिटर दौडमा नेपाललाई स्वर्ण, नेपालको स्वर्ण संख्या ३७ पुग्यो

नेपालखोज २०७६ मंसिर २० गते १०:४६

२० मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० अन्तर्गत ५००० मिटर दौडमा नेपालले स्वर्ण र कास्य पदक हासिल गरेको छ । शुक्रबार (आज) बिहान भएको खेलमा नेपालका गोपीचन्द्र पार्कीले स्वर्ण जितेका हुन् । उनले १४ मिनेट ५४।२० सकेन्डमा निर्धारित दूरी पार गरे ।

त्यस्तै रजत पदक भारतको पोल्टामा परेको छ । भारतका सुनील दवालले १४ मिनेट ५५।२१ सकेन्डमा दूरी पार गर्दै रजत पदक जितेका हुन् । कास्य पदक भने नेपालले जितेको छ । नेपालका हरि रिमालले कास्य जितेका हुन् । योसँगै नेपालको स्वर्ण पदकको खातामा ३७ स्वर्ण पदक पुगेको छ ।

१३ औं साग खेलकुद प्रतियोगिताअन्तर्गत आज छैटौं दिन विभिन्न खेलहरू भइरहेका छन् ।

प्रतिक्रिया