शनिबार, वैशाख १३, २०८२

१३ औँ साग अन्तर्गतको म्याराथन दौड सुरु

नेपालखोज २०७६ मंसिर २१ गते ९:२४

२१ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत ४२ किलोमिटर म्याराथन दौड सुरु सुरु भएको छ । बिहान सात बजे दशरथ रंगशालाबाट दौड सुरु भएको हो ।

दौडमा पुरुषतर्फ ८ जना र महिलातर्फ ७ जना प्रतिस्पर्धी छन् । पुरुष र महिला दुवैमा नेपालबाट २–२ जना सहभागी छन् । पुरुषतर्फ किरणसिंह बोगटी र होमलाल श्रेष्ठ तथा महिलातर्फ पुष्पा भण्डारी र राजपुरा पछाई सहभागी छन् ।

४२ किलोमिटर दौडमा पुरुषतर्फको रेकर्ड बैकुण्ठ मानन्धरका नाममा छ । उनले सन् १९८७ को सागमा २ घण्टा १५ मिनेट ०३ सेकेण्डमा ४२ किलोमिटर दुरी पूरा गरेका थिए ।

प्रतिक्रिया