शुक्रबार, वैशाख १४, २०८१

नेपालसँग हारेपछि माल्दिभ्सका फुटवल प्रशिक्षक बर्खास्त

नेपालखोज २०७६ मंसिर २१ गते २१:५०

२१ मंसिर, काठमाडौं । काठमाडौंमा जारी साग अन्तर्गतको पुरुष फुटवल प्रतियोगितामा माल्दिभ्सले नेपालसँग हारेपछि माल्दिभ्सले राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक पिटर सेगर्टलाई बर्खास्त गरेको छ ।

पुरुष फुटबलमा खराब प्रदर्शन गरेको भन्दै माल्दिभ्सले प्रशिक्षक पिटरलाई बर्खास्त गरेको हो । माल्दिभ्स फुटबलले सामाजिक संजाल फेसबुकबाट प्रशिक्षक पिटरलाई बर्खास्त गरेको जनाएको छ ।

शनिबार भएको खेलमा माल्दिभ्स नेपालसँग २१ गोल अन्तरले पराजित भएको थियो । माल्दिभ्स ४ खेलमा २ अंक जोडेर पुछारमा रहेको छ ।

प्रतिक्रिया