शुक्रबार, वैशाख ७, २०८१

नेपाल र ओमानका राष्ट्रिय संग्रालयबीच सम्झौता

नेपालखोज २०७६ मंसिर २१ गते २२:००

२१ मंसिर, काठमाडौ । ओमानका लागि नेपाली राजदुत शर्मिला पराजुली ढकालको पहलमा नेपालको राष्ट्रिय संग्रालय र ओमानको राष्ट्रिय संग्रालयबीच द्धीपक्षीय सम्झौता सम्पन्न भएको छ ।
नेपाल र ओमानको राष्ट्रिय संग्रालयबीच एक अर्काको अनुभब र बिज्ञताको आदान प्रदान गर्ने गरी सम्झौता भएको राजदुत पराजुलीले जानकारी गराइन् ।
राजदुत शर्मिला पराजुली र पुरातत्व बिभागका महानिर्देशक दामोदर गौतमको उपस्थितिमा नेपालको तर्फबाट राष्ट्रिय संग्रालय छाउनीका प्रमुख जयराम श्रेष्ठ र ओमानका तर्फबाट ओमान राष्ट्रिय संग्रालय ओमानका महानिर्देशक जमल विन हसन अल मोवासीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
यो सम्झौताले नेपाल र ओमानबीच राष्ट्रिय संग्रालयबीच हुने बिज्ञता र अनभब आदान प्रदानले दुइ देशको सम्बन्धमा थप आयाम थपिने बिश्वास राजदुत पराजुलीले व्यक्त गरेकी छिन् ।

प्रतिक्रिया