शुक्रबार, वैशाख १४, २०८१

आइतबार सूर्यदेवको पूजा गर्दा यस्तो लाभ हुन्छ । तपाईको आजको दिन कस्तो छ ?

नेपालखोज २०७६ मंसिर २२ गते ६:५२

हिन्दु धर्ममा आइतबारलाई ‘सूर्य देव‘को बार मानिन्छ । हिन्दू धर्मानुसार भगवान सूर्य देवलाइ एक मात्र साक्षातदेखिने देवताको रुपमा पुजा गरिन्छ । ‘सूर्य देव‘को पूजा गर्दा सफलता, मानसिक शान्ति तथा शक्ति संचार हुने बिश्वास रही आएको छ ।
आइतवार व्रत बस्ने व्रतालुहरूले एक छाक मात्र खाना खानुपर्दछ र खानामा नुनतेल मिसाउनु हुँदैन । व्रत बस्नेहरूले रातो वस्त्र लगाउँदा सूर्यदेव प्रसन्न हुन्छन् भने पुजा गर्दा रातो रङ्गको फूल चढाउनु पर्दछ । सूर्यदेवको पूजागरि बिभिन्न फल प्राप्त गर्न सकिन्छ ।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
महत्त्वपूर्ण कामको थालनी हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । लक्ष्मी प्रसन्न हुने योगछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज सहकर्मीबाट विरोध आउला । लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । पारिवारिक जीवन र प्रणय सम्बन्धपनि सकारात्मक नै देखिन्छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । भूमिबाट लाभ रहला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यात्रामा मालसामान हराउन सक्छ । स्वास्थ्यमा खर्च बढ्नेछ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज शुभारम्भको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । आँको काम पुरा हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
सामान हराउने वा चोरी हुने सम्भावना छ । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । साझेदारी काममा उल्झन आउनेछ । बन्न लागेको काम विग्रिनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । घरमा अतिथीको आगमन हुनेछ ।

प्रतिक्रिया