सोमबार, वैशाख १७, २०८१

‘मृत्यु कहिल्यै पनि खतरनाक हुँदैन, जब मृत्यु हुन्छ सबै खतरा समाप्त हुन्छ’

सदगुरु २०७८ फागुन २७ गते ८:४७

-तपाईंले सबैथोकसँग आफ्नो पहिचान जोड्न बन्द गर्नेबित्तिकै मन शान्त हुनेछ ।

-जब तपाईं आफूलाई मनको क्षुद्रपनबाट मुक्त गर्नुहुन्छ, कुनै भेदभावबिनाको प्रेम र समावेशको भावना उत्पन्न हुन्छ ।

-यदि तपाईंले आफ्नो मूर्खताप्रति हाँस्न सिक्नुभयो भने, तपाईंका सबै रद्दीहरू एकदमै छिटो मल बन्नेछन् । र, मल विकासको लागि राम्रो हुन्छ ।

-आध्यात्मिक हुनु भनेको सुस्त र निरस बन्नु होइन । जो व्यक्ति जीवन र आनन्दले भरिपूर्ण छ, ऊ मात्र सही अर्थमा स्वतन्त्र बन्न सक्दछ ।

-मृत्यु कहिल्यै पनि खतरनाक हुँदैन । जब मृत्यु हुन्छ, सबै खतरा समाप्त हुन्छ ।

-यस धरतीमा कुनै पनि चिजमा रङ हुँदैन । पानी, हावा, अन्तरिक्ष अनि पूरै जगत् रङहीन छ । यहाँसम्म कि तपाईं जे-जति चिजहरू देख्नुहुन्छ, तीसमेत रङहीन हुन्छ । रङ प्रकाशमा मात्रै हुन्छ ।

-यदि तपाईंले आफ्नो व्यक्तित्वको ढाँचालाई तोड्नुभयो भने, तपाईं केवल उपस्थिति बन्नुहुनेछ- जीवन जस्तै, चैतन्य जस्तै, केवल उपस्थिति ।

-जब तपाईं अस्तित्वको बाध्यात्मक र पटक-पटक दोहोरिने प्रकृतिबाट पर जानुहुन्छ, जीवन सानदार बन्दछ ।

-तपाईंको मन आगोको गोला जस्तै हो । यदि तपाईंले यसलाई सही तरिकाले सम्हाल्नुभयो भने, यो सूर्य जस्तै बन्न सक्दछ ।

प्रतिक्रिया