शुक्रबार, वैशाख १४, २०८१

दिल्लीको अन्न बजारमा आगलागी, ३५ जनाको मृत्यु, थुप्रै गम्भीर घाइते भएको अनुमान

नेपालखोज २०७६ मंसिर २२ गते १०:४६

एजेन्सी । भारतको राजधानी दिल्लीस्थित रानी झाँसी रोडमा रहेको अन्न बजारमा आइतबार बिहान ठूलो आगलागी भएको छ । आगलागीमा परि ३५ जनाको मृत्यु भएको आजतकले जनाएको छ ।

आगलागी पछि उक्त इलाकामा हलचल मच्चिएको थियो । आगलागी स्थलबाट ५६ जनाको उद्धार गरिएको भारतिय प्रहरीले जनाएको छ । धेरै मानिस गम्भीर घाइते छन् । घटना स्थलमा अहिले उद्धार जारी छ । आगो नियन्त्रणका लागि ३० भन्दा बढी दमकल परिचालन गरिएको छ ।
घाइतेहरुलाई अस्पताल लगिएको छ ।

अस्पतालमा ३२ जनाको मृत्यु भएको हो । घाइतेहरुलाई आरएमएल , एलएनजेपी , हिन्दू राव र सफदरजगलन अस्पतालमा भर्ना गरिएको छ । अन्न बाजारको एउटा भवनबाट बिहान करिब ५ बजे आगो सुरु भएर सबै ठाउँमा फैलिएको थियो ।

प्रतिक्रिया