बिहीबार, वैशाख ६, २०८१

नेकपा नेताहरू प्रचण्डसँग छलफलमा

नेपालखोज २०७६ मंसिर २२ गते १४:२१

२२ मंसिर, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार डाकिएको सचिवालय बैठकका एजेण्डाबारे नेताहरूसँग छलफल गरेका छन् ।आइतबार बिहान छलफलका लागि बरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल, स्कुल विभाग उपप्रमुख देवेन्द्र पौडेल प्रचण्डनिवास खुमलटार पुगेका थिए ।

नेता देवेन्द्र पौडेलका अनुसार सोमबारको सचिवालय बैठकको एजेण्डामाथि नेताहरूबीच सामान्य छलफल भएको थियो। नेकपाका विभिन्न विभागहरूमा सदस्य नियुक्तिबारे पनि छलफल भएको उनले बताए । मंसिर ५ गते कार्यकारी अध्यक्ष बनेपछि प्रचण्डले सचिवालयको बैठक बोलाउन थालेका छन् । नेकपा सचिवालय बैठक सोमबार बस्दैछ । बैठकले स्थायी समिति बैठक, केन्द्रीय समिति बैठक डाक्नेबारे निर्णय गर्ने बताइएको छ ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक झन्डै एक वर्ष यता बसेको छैन् । नेकपाको अन्तरिम विधानमा तीन–तीन महिनामा स्थायी समितिको बैठक बस्नु पर्ने प्रावधान छ । गत वर्ष पुसपछि स्थायी समिति बैठक बस्न सकेको छैन् ।

प्रतिक्रिया