शुक्रबार, चैत १६, २०८०

प्रधानमन्त्री ओलीको जिम्मेवारी रक्षामन्त्री पोख्रेललाई

नेपालखोज २०७६ कार्तिक ७ गते १६:२९

७ कार्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न आन्दोलनका सदस्यहरुको १८ औ शिखर सम्मेलनमा सहभागी हुन आज अजरबैजानको बाकु प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री ओली बाकु प्रस्थान गरेका कारण उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्दै आईरहेको दैनिक प्रशासनिक काम उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोख्रेलले सम्हाल्ने भएका छन् । नेपालको संविधानअनुसार राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री पोखरेललाई उक्त जिम्मेवारी दिएकी हुन् ।

प्रतिक्रिया