बिहीबार, वैशाख १३, २०८१

भारतसँग नेपाली महिला फुटबल टिम हार्दा प्रशिक्षकले दिए राजीनामा

नेपालखोज २०७६ मंसिर २३ गते १५:३५

२३ मंसिर, पोखरा । १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली राष्ट्रिय महिला फुटबल टोली भारतसँग हार्दा टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन् ।

साग महिला फुटबलको फाइनलमा भारतसँग २—० ले पराजित भएसँगै खड्काले राजीनामाको घोषणा गरे । प्रशिक्षक खड्काले आफुले महिला फुटबल टोलीबाट स्वर्ण पदक जित्ने लक्ष्य सहितको योजना बनाएको तर खेलमा त्यो प्राप्त गर्न नसकेपछि टिमको प्रशिक्षकमा बसिरहनु उचित नठानेकाले रानीनामा दिएको बताए ।

फाइनलमा नेपालले पाएको अवसरलाई सदुपयोग गर्न नसकेको तर भारतले पाएको दुबै अवसरमा गोल गरेको उनले सुनाएन । समग्र प्रतियोगताले नेपालको स्ट्राइकिङ जोनमा अझै सुधार गर्नुपर्ने देखिएको खड्काले सुनाए ।

प्रतिक्रिया