शनिबार, वैशाख ८, २०८१

कृषि नै नबुझेका कृषि मन्त्री भूसाल

नेपालखोज २०७६ मंसिर २३ गते १६:४०

मंसिर २३, काठमाडौं । आफू कृषि मन्त्री भएपनि कृषि नबुझेको मन्त्री घनश्याम भूसालले बताएका छन् । मन्त्री भूसालले आईतबार कृषि तथा पशुपन्छी विकासमा पत्रकारहरुलाई बोलाएर सो कुरा बताएका हुन् ।

मन्त्री घनश्याम भूसालले पत्रकारलाई मन्त्रालयमा भेटघातका लागि भन्दै बोलाए र दुईघण्टा पर्खन लगाएर भने, ‘मैले कृषि बुझेकै छैन’ । मन्त्री बन्नु भन्दा अगाडिसम्म मिडियामा निकै चर्का भाषण गर्ने मन्त्री भूसालले मन्त्री भएपछिको पहिलो भेटमा नै करीव ढेडदर्जन पत्रकारलाई कुराए करीव दुई घण्टा । मन्त्रीले लामोसमयसम्म कुराएपछि केही पत्रकार त मन्त्रीको पहिलो भेट नै असफलताको संकेत हो भन्दै बाहिरिए ।

कृषि मन्त्रीले अहिले पारदर्शिका लागि बोर्ड तथा सस्थानका रिक्त पदमा खुल्ला प्रतिष्पर्धाबाट नियुक्ति गर्न खोजेको बताइएको छ । तर अहिले दुग्ध विकास संस्थान, दुग्ध विकास बोर्ड, कृषि सामग्री कम्पनी, चिया तथा कफी विकास बोर्ड लगायतका कार्यालयहरुमा राजनीतिक नियुक्ति नगरी खुल्ला प्रतिष्पर्धामा जानु पर्ने काम निवर्तमान कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणीले खनालले गरेका हुन् ।

३ बजे पत्रकारसँग छलफल भन्दै बोलाएका मन्त्री भूषाल भने प्रदेशका मन्त्रीहरुसँग ढुक्कैले आफ्नो कार्यकक्षमा गफिँदै थिए । पौने ५ बजेमात्र पत्रकारलाई समय दिए ।

नयाँ कृषि मन्त्री नयाँ योजना ल्याउँलान् र राम्रै समाचारको आशा गरेर ‘विरालोले मुसा ढुके जस्तै’ कृषि मन्त्री घनश्याम भूसालको पर्खाइमा लामो समय कुरिरहँदा पत्रकार खिस्स परेर बाहिरिनु परेको थियो । कारण उनले भन,े ‘कृषि मैले बुझेकै विषय होइन, बुझौला अनि तपाईहरुसँग फेरि भेटौला’ ।

प्रतिक्रिया