शुक्रबार, चैत ७, २०८१

मिचिएको भूमिबारे आधिकारिक रुपमा चिठी पठाइयो : प्रधानमन्त्री ओली

नेपालखोज २०७६ मंसिर २४ गते ७:०५

२४ मंसिर, काठमाडौं । मन्त्रिपरिषद् बैठकमा सीमा विवादको विषयमा छलफल भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा गतमहिना भारतले सार्वजनिक गरेको राजनीतिक नक्साबारेमा छलफल भएको हो।

Advertisement

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विवाद रहेको सीमाबारे ‘ब्रिफिङ’ गरेका थिए। प्रधानमन्त्रीको भनाई उदृत गर्दै एक मन्त्रीले भने ‘आधिकारिक रुपमा चिठी पठाइयो हाम्रो भूमि हो भनेर। यस अगाडि सरकारले त्यस क्षेत्र आफ्नो भनेर दावी गरेको थिएन।

लिम्पियाधुरासम्मको नक्सा यसअघि कसैले छापेको थिएन। तर हाम्रो भूमि हो भनेर ब्रिट्रिस इष्ट इन्डिया कम्पनीको सम्झौताका बुँदालाई कोट नै गरेर चिठी पठाइएको छ।’

यो खबर आजको अन्नपूर्ण पाेस्टमा छ ।

प्रतिक्रिया