शनिबार, वैशाख १५, २०८१

सिद्धार्थ बैंकले ल्यायो ७५ लाखसम्मको ऋण दिने स्किम

नेपालखोज २०७६ मंसिर २४ गते १४:४६

२४ मंसिर, काठमाडौँ । सिद्धार्थ बैंकले ७५ लाख रुपैयाँसम्मको ऋण स्किम ल्याएको छ। साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै बैंकले यो ऋण स्किम ल्याएको हो ।

बैंकले विज्ञप्ति जारी गर्दै ऋण योजना सार्वजनिक गर्दै व्यक्तिगत ऋणदाताहरूबाट उच्च ब्याजदरमा ऋण लिनुको सट्टा बैंकबाटै सहज रूप कर्जा सुविधा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले ऋण योजना ल्याएको जनाएको छ ।

विज्ञप्तिमा जनाईए अनुसार यो ऋणमा पूर्व भुक्तानी शुल्क लाग्ने छैन भने चालु पुँजी र स्थायी सम्पतिको ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा पाइनेछ। १० वर्षसम्मका लागि ऋण दिने योजना गरेको बैंकले ब्याज दर भने खुलाएको छैन ।

यसैगरि, बैंकले ऋण लिनेलाई निःशुल्क क्रेडिट कार्डका साथै एसएमएस अलर्ट लगायतका सुविधा दिने ,लकरमा ५० प्रतिशत छुट दिने बताईएको छ।

प्रतिक्रिया