बिहीबार, चैत १५, २०८०

पूर्वराजाबाट खेलाडीहरुलाई बधाई ज्ञापन

नेपालखोज २०७६ मंसिर २४ गते २१:५३

२४ मंसिर, काठमाडौं । १३ औ दक्षिण एशियाली खेलकुद (साग) मा विजयी भएका खेलाडीहरुलाई पूर्वराजा ज्ञानेन्द्र शाहले बधाई ज्ञापन गरेका छन् । मंगलबार सागको समापनका दिन पूर्व राजा शाहले विज्ञप्ति मार्फत खेलाडीहरुलाई बधाई दिँदै नेपालको खेल क्षेत्रमा भएको विकासका लागि शुभकमना समेत व्यक्त गरेका छन् ।

पूर्वराजाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ यसपालीको साग प्रतियोगितमा नेपालीले हासिल गरेको उत्कृष्ट परिणाममा मलाई अत्यन्तै खुशी लागेको छ । यो उपलब्धीका लागि समस्त सहभागी खेलाडीलाई बधाई दिन चाहन्छु । आगामी दिनहरुमा पनि खेलकूद क्षेत्रमा अझ बढी उपलब्धी हासिल भई रहोस् भन्ने मेरो कामना रहेको छ । साथै १३ साग प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेकोमा आयोजक एवं व्यवस्थापक सवैप्रति म धन्यवाद व्यक्त गर्न चाहन्छु ’

प्रतिक्रिया