बिहीबार, वैशाख १३, २०८१

राष्ट्र वैकका निलम्वित डेपुटी गभर्नर श्रेष्ठ दोषी ठहर गर्दै प्रतिवेदन पेश

नेपालखोज २०७६ मंसिर २४ गते २२:१४

२४ मंसिर, काठमाडौं । निलम्वनमा परेका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन गर्न श्रीराम पौडेलको संयोजकत्वमा गठन भएको समितिले आफ्नो प्रतिवेदन नेपाल राष्ट्र बैंकको संचालक समितिमा बुझाएको छ ।

छानविन समितिले सञ्चालक समिति समक्ष बुझाएको प्रतिवेदनमा डेपुटी गभर्नर शिवराज श्रेष्ठ माथि लगाएका केही गम्भिर आरोप भने पुष्ठी भएको र केहीको कागजपत्र नभेटिएको , केही आरोप पुष्टी हुने आधार नभेटिएको उल्लेख गरेको छ ।छानबिन समितिले संचालक समितिलाई ३० पृष्ठ लामो प्रतिवेदन बुझाएको छ । भने प्रतिवेदनमा ५२ पृष्ठ अनुसन्धान सम्बन्धी अन्य कागजपत्र समेत बुझाएको छ ।

श्रेष्ठले तीनचारवटा देशमा भ्रमणमा गएर दोहोरो सुविधा लिएको भेटिएको समितिको प्रतिवेदनमा उल्लेख छ । स्पेनको भिभिएन बैंकमा अफिसर लेभलको कर्मचारीलाई बोलाएको कार्यक्रममा श्रेष्ठले आउदै नआएको निम्तामा आफु गएको पुष्टी भएको छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रतिवेदन प्राप्त भएपछि राष्ट्र बैंकको संचालक समितिको बैठक मंगलबार बेलुका बसेको छ । ५ बजेट सुरु भएर ८ बजे सकिएको बैठकले प्रतिवेदनलाई अर्थमन्त्रालयमा जस्ताको तस्तै पेश गर्ने निर्णय गरेको छ । राष्ट्र बैंकले भोलि(बुधबार) प्रतिवेदन अर्थमन्त्रालयमा बुझाउने छ ।

श्रेष्ठले तत्कालिन एपेक्स डेभलपमेन्ट बैंक फाइल लुकाएको र एनसेललाई लाभांश लैजान स्वीकृती दिदा अधिकारको दुरुपयोग गरेको भेटिएको छानबिन समितिका एक सदस्यले बताए । राष्ट्र बैंकका संचालक श्रीराम पौडेलको संयोजकत्वमा गठन भएको छानबिन समितिमा संचालक रामजी रेग्मी सुबोधलाल कर्ण सदस्य थिए ।

प्रतिक्रिया