शुक्रबार, चैत १६, २०८०

पेट सम्बन्धि सम्पूर्ण रोगको अचुक उपाय सखरखण्डको पात

नेपालखोज २०७६ मंसिर २५ गते ७:०२

सखरखण्डको पातमा विभिन्न खाले भिटामिन पाइन्छ । जस्ले गर्दा रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । जाडो महिनामा पाईने सखरखण्ड आइरन ,भिटामिन बि (फोलेट),कपर ,म्याग्नेसीयम ,आदिले भरिपूर्ण हुन्छ। जसले प्रतिरक्षा प्रणाली बलियो बनाउछ। छालामा चमक ल्याउँछ र अनुहार छिटै खुम्चीनबाट जोगाउँछ। यो कुरा त धेरैलाई थाहा नै हुन्छ तर तपाईलाई थाहा छ सखरखण्डको पात पनि फाइदाजनक हुन्छ भनेर।

कुनै कुनै ठाउँमा सखरखण्डको पात तरकारी अथवा झोलका रुपमा पनि बनाउने गरिन्छ। यसमा भिटामिन बि ,आईरन,क्याल्सियम ,जिंक ,प्रोटिन र अन्य पातजन्य तरकारीको तुलानामा धेरै न्यानो हुन्छ। आउनुहोस सखरखण्डको पातले स्वास्थमा दिने फाइदाका बारेमा जानौ।

डायबिटीज रोकथाम
सखरखण्डको पातले मधुमेह नियन्त्रण गरि डायबिटीज कम गर्न राम्रो मानिन्छ । यसमा एफएबीएल नामक तत्व पाइन्छ जसले मधुमेह कम गर्न सहयोग गर्छ। यसका साथै यसमा एसिडिक ग्लाइकोप्रोटीन पनि पाइने भएकोले एंटी(डायबिटिक बनाउछ जसले गर्दा प्राकृतिक रुपमा मधुमेह नियन्त्रण हुन्छ।

रक्तचाप कम
सखरखण्डमा भएका भिटामिन ,पोलीफेनोलिक्स र एंथोसायनिनको कारणले यसका पातको तरकारी बनाएर खानाले रक्तचाप कम गर्नलाई सघाउनुका साथसाथै चिन्ता र तनावबाट पनि टाढा राख्छ ।

पेट सम्बन्धि समस्या समाधान
सखरखण्डको पातमा डाईटरी फाइबर र जलापिन नामक तत्व हुन्छ जसले पेट सम्बन्धि रोगबाट टाढा राख्न सहयोग गर्छ । जसले कब्जियत,पखला र वाकवाकी जस्ता समस्यालाई निको पार्न सघाउँछ । यसका साथै सखारखण्डको पात ज्वरो कम गर्न ,जाडो र फ्लु बाट टाढा राख्न सहयोग गर्छ ।

प्रतिक्रिया