शुक्रबार, वैशाख ७, २०८१

रणवीर र आलियाको बिहे कश्मीरमा हुँदै

नेपालखोज २०७६ मंसिर २५ गते ७:५४

एजेन्सी । रणवीर कपुर र आलिया भट्ट अहिले प्रेममा छन् । यी दुई एक अर्कालाई डेट पनि गरिरहेका छन् । तर उनीहरूले आफ्नो सम्बन्धलाई सर्वजनिक रूपमा स्वीकार भने गरेका छैनन् ।

दुवैका अभिभावक पनि उनीहरूको विवाहका लागि सहमत भइसकेका छन्। उनीहरू दुवैको छिट्टै विवाह भएको हेर्न चाहन्छन् । ऋषि कपुरले त बारम्बार अप्रत्यक्ष रूपमा उनीहरूलाई विवाह गर्न आग्रह नै गरिरहेका छन् । आलियाका पिता महेश भट्ट पनि उनीहरूको विवाहका लागि सहमत भइसकेका छन् ।

आलिया र रणवीरका नजिकका साथीभाइका अनुसार उनीहरू पनि अब विवाहका लागि तयार भएका छन् । उनीहरू २०२० मा विवाह गर्दै छन् । यो वर्षको चर्चित विवाहमध्ये यो विवाह पनि एक हुनेछ । सूत्रका अनुसार आलियाले विवाहको योजना पनि बनाइसकेकी छन् । उनीहरूले भारतमै विवाह गर्ने भएका छन् ।

कश्मीर आलियाको मन पर्ने स्थान हो । मेघना गुलजारको फिल्म ‘राजी’को सुटिङका लागि उनी २०१७ मा कश्मीर गएकी थिइन् । त्यस क्रममा काश्मिरको श्रीनगर र पहलगामा सुटिङ भएको थियो । सुटिङका क्रममा कश्मीरको सुन्दरताले आलियाको मन चोरेको हो । त्यसैले उनी कश्मीरमा विवाह गर्न चाहन्छिन् । आलियाको यो निर्णयमा रणवीर पनि राजी भएका छन् । विवाहका लागी उनीहरूले एक महिनाको समय निकाल्ने भएका छन् ।

प्रतिक्रिया