शुक्रबार, वैशाख १४, २०८१

बलिउडमा पनि कोरोनाको प्रभाव, ठुला सेलिब्रेटीहरु लागे कोरोना विरुद्धको अभियानमा

नेपालखोज २०७६ चैत ५ गते ७:२९

एजेन्सी । यस भाइरस विरुद्ध त्यतिबेला बलिउडका ठुला– ठुला सेलिबे्रटीहरु पनि आफ्नो ठाउँबाट मानिसहरुलाई कसरी बच्न सकिन्छ भन्नेबार सचेतना फैलाइरहेका छन् ।

यस अभियानमा अब बलिउड नायिका दीपिका पादुकोणको नाम पनि जोडिएको छ । बलिउड स्टारहरुलाई वर्ल्ड हेल्थ अर्गनाइजेशनले मानिसहरुलाई यस भाइरसबाट बच्न कसरी सरसफाइ गर्नु पर्छ भन्ने सबैमा सचेतना फैलाउन आग्रह गरेको छ ।

यसैक्रममा बलिउड नायिका दीपिका पादुकोणले सामाजिक संजाल इन्स्टाग्राममा एक भिडियो शेयर गर्दै यो भिडियो अनय ठुला–ठुला सेलिब्रेटीहरुलाई पनि ट्याग गरेकी छन् ।

जुन भिडियोमा दीपिका सुरक्षित रुपमा हात सफा गर्दै गरेकी देखिन्छिन् । उनले यस भिडियोमा बाथरोब लगाएकी देखिन्छिन् । भने उनले मास्क पनि लगाएकी छन् ।

दीपिकाले यस अभियानमा क्रिस्टेनो रोनाल्डो, विराट कोहली अनि रोजर फेडररलाई पनि सहभागी हुन आग्रह गरेकी छन् ।

प्रतिक्रिया