आइतबार, कार्तिक ९, २०७७

एक हजार ९६ शाखा अधिकृतका लागि जागिर खुला

नेपालखोज २०७६ मंसिर २५ गते ८:०७

२५ मंसिर, काठमाडौं । लोकसेवा आयोगले १ हजार ९६ शाखा अधिकृतका लागि विज्ञापन आह्वान गरेको छ ।

आयोगले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) पदका विभिन्न सेवा समूह तथा उपसमूहअन्तर्गतका पदमा खुलातर्फ ७६८ र बढुवातर्फ ३२८ का लागि आज (बुधबार) विज्ञापन आह्वान गरेको हो ।

आयोगका अनुसार सबैभन्दा बढी सामान्य प्रशासन सेवातर्फ ५६० पदका लागि विज्ञापन आह्वान गरिएको छ ।

त्यस्तै, लेखातर्फ ३० राजस्व सेवाअन्तर्गत ६९, लेखापरीक्षणतर्फ ४२, परराष्ट्र सेवामा ४, न्याय सेवातर्फ ३६३ र व्यवस्थापिका संसद्तर्फ २८ पदमा विज्ञापन खुला गरिएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया