‘प्रतिपक्षको भूमिकालाई अवसरका रूपमा लिन्छौँ’
नेपालखोज
२०८१ माघ २६ गते १३:४४

गलकोट । नेकपा (माओवादी केन्द्र)का सचिव हितमान शाक्यले प्रतिपक्षको भूमिकालाई माओवादी केन्द्रले अवसरका रूपमा लिएको बताएका छन् ।
उनले माओवादी रुपान्तरणका लागि जनता केन्द्रित कार्यक्रम सञ्चालन गरेको जानकारी दिए । सत्तामा हुँदाका कमीकमजोरीलाई आत्मालोचना गर्दै जनतासामु घरदैलो र खबरदारी सभा गरिरहेको उनले बताए ।
प्रेस सेन्टर बागलुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बागमती प्रदेश इञ्चार्जसमेत रहेका नेता शाक्यले जनताका समस्या बुझेर माओवादी केन्द्र आगामी निर्वाचनमा सहभागी हुने बताए ।
संविधान संशोधनको कदमलाई पुन:विचार गर्दै प्रतिगमन हुने ढंगले संशोधन गर्न नहुने उनले बताए। शासकीय र निर्वाचन प्रणाली परिवर्तन गर्न नसके भ्रष्टाचार नरोकिने बताउँदै खर्चिलो निर्वाचनको अन्त्य गर्न आवश्यक रहेको उनको भनाइ छ ।
सम्बन्धित
प्रतिक्रिया