मंगलबार, वैशाख ३०, २०८२

पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीले बोलाए बालुवाटार, प्रोत्साहन स्वरुप पुरस्कार घोषणा गर्ने तयारी

नेपालखोज २०७६ मंसिर २५ गते १२:४९

२५ मंसिर, काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा पदक विजेता खेलाडी, प्रशिक्षक र पदाधिकारीहरुलाई बधाई दिन प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको अनुसार उनीहरुलाई आज (बुधबार) दिउँसो सवा २ बजे बालुवाटार बोलाइएको छ ।

सचिवालयका अनुसार प्रोत्साहन स्वरुप पुरस्कार घोषणा गर्ने  प्रधानमन्त्रीको तयारी छ।

१३ औं साग प्रतियोगितामा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक जितेको छ । प्रधानमन्त्रीले स्वास्थ्य स्थिको कारण साग समापनका अवसरमा मंगलबार भिडियो मार्फत् खेलाडीहरुलाई बधाई दिएका थिए।

प्रतिक्रिया