शुक्रबार, वैशाख १४, २०८१

सरकारले सागमा स्वर्ण पदक विजेतालाई ९ लाख दिने

नेपालखोज २०७६ मंसिर २५ गते १६:३४

२५ मंसिर, काठमाडौँ । सरकारले १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिने भएको छ ।

बुधबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओललीले स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् । त्यस्तै रजत जित्नेलाई ६ लाख र कांस्य जित्नेलाई ३ लाख दिईने छ ।

काठमाडौँमा मंगलबार सकिएको सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यपदक प्राप्त गरेको थियो ।

प्रतिक्रिया