बिहीबार, असार १९, २०८२

ओलीको गफले मात्रै देशमा विकास हुँदैन : नेपाल

नेपालखोज २०७७ चैत २१ गते १७:२१

काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीको गफले मात्रै देशमा परिवर्तन नहुने बताएका छन् । शनिबार उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले केपी ओलीको गफले मात्रै देशमा परिवर्तन नहुने बताए । उनले भने ‘ओलीको फूर्ती प्रधानमन्त्रीको कुर्सीमा छउञ्जेल मात्र हो, त्यसपछि सबैले देख्नेछन् ।’

उनले ओली कम्युनिस्ट पार्टीलाई सिध्याउने खेलमा लागे पनि आफूहरुले उक्त षड्यन्त्र पूरा हुन नदिने बताए । नेपालले भने ‘हाम्रो पार्टीमा एउटा गलत पक्ष छ, पार्टीको पूजा नगर्ने तर व्यक्तिको पूजा गर्ने । प्रधानमन्त्रीलाई ‘आफ्नो कुर्सी प्यारो छ, तर हामी ओली प्रवृत्तिसँग जुधिराखेका छौँ । अन्ततः त्यो प्रवृत्तिको हार र हाम्रो जित सुनिश्चित छ ।’

समाजका उपाध्यक्ष रामभक्त पासवानको अध्यक्षतामा भएको भेलामा झण्डै २ सय जना प्रतिनिधि तथा सहभागीको उपस्थिति रहेको बताइएको छ ।

प्रतिक्रिया