मंगलबार, वैशाख ४, २०८१

शेयर बजारमा आज : उकालो लाग्दै नेप्से

नेपालखोज २०७६ मंसिर २५ गते १६:५२

२५ मंसिर, काठमाडौँ । नेप्से परिसूचक बुधबार दोहोरो अंक (१०.११) ले वृद्धि हुँदा ११६१.४७ बिन्दुमा पुगेको छ ।

यसैगरि शेयर कारोबार रकम समेत अघिल्लो कारोबारको तुलनामा ५ करोड बढीले वृद्धि भएर ५५ करोड १३ लाख रुपैयाँ पुगेको छ। बुधबार १ सय ७३ कम्पनीका २० लाख ४३ हजार ६०५ कित्ता शेयर ७ हजार १७२ पटक खरीद बिक्री भएका छन्।

कारोबारमा आएका १२ उपसमूहका सूचकहरुमध्ये उत्पादनको सूचक १.३५ प्रतिशतले घटेको छ भने उत्पादन बाहेक बाँकी सबै उपसमूहका सूचक बढेका छन्।

प्रतिक्रिया