बुधबार, वैशाख १२, २०८१

लुम्बिनी केबुलकारको उद्घाटन गर्न बुटवल जाँदै प्रधानमन्त्री

नेपालखोज २०८० जेठ २५ गते ६:५९

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज लुम्बिनी केबुलकारको उद्घाटन गर्ने भएका छन् । केबलकार उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड आज बिहान बुटवल जाने जनाइएकाे छ ।

साढे तीन अर्ब लगानीमा बुटवल–३ बमघाटमा बटम स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरमा टप स्टेशन रहेको लुम्बिनी केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो ।

केबलकारको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते गरेका थिए । उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डसँगै पूर्व अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी लगायतका नेताहरु सहभागी हुने जनाइएकाे छ ।

प्रतिक्रिया