शुक्रबार, वैशाख १४, २०८१

स्याङ्जामा एक घर एक करेसाबारी अभियान

नेपालखोज २०७६ मंसिर २६ गते ९:४९

२६ मंसिर, स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिकाले तारकारीमा आत्मनिर्भर बनाउने उदेश्यले ‘एकघर एक करेसाबारी’ अभियान थालेको छ ।

नगरपालिकाभित्रका प्रत्येक टोल टोललाई लक्षित गरी ‘एकघर एक करेसाबारी’ अभियानअन्तर्गत समेट्ने योजनासहित कामको थालनी गरिएको नगर प्रवक्ता ख्यामनारायण अधिकारीले बताए ।२९३ टोल विकास संस्था रहेको नगरभित्र प्रत्येक टोलमा एक/एक वटा नर्सरी स्थापना गर्ने उदेश्यले नर्सरी स्थापना गर्नका लागि आवश्यक तालीम दिएको उनले बताए ।

बीउबिजन किन्न र नर्सरी व्यवस्थापनका लागि प्रत्येक टोललाई खर्च दिने र नर्सरीबाट प्रत्येक घरलाई निःशुल्क १०÷१० वटा विभिन्न प्रजातिका बिरुवा/बेर्ना उपलब्ध गराउनु पर्ने छ ।

प्रतिक्रिया