मंगलबार, चैत ६, २०८०

भारतको असममा प्रदर्शनकारीमाथि गोली प्रहार

नेपालखोज २०७६ मंसिर २६ गते १३:३३

एजेन्सी । नागरिकता संशोधन विधेयकलाई लिएर भारतको पूर्वोत्तर राज्य असममा अवस्था थप बिग्रिँदै गएको छ । असमका केही इलाकामा हिंसाका घटना भइरहेका छन् । कैयौं इलाकामा प्रहरी र प्रदर्शनकारीबीच झडपको अवस्था समेत उत्पन्न भएको छ ।

डिब्रुगढमा कर्फ्यूको परवाह नगरी सडकमा निस्केका प्रदर्शनकारीमाथि प्रहरीले फायरिङ्ग गरेको छ । डिब्रुगढका प्रहरी अधीक्षक गौतम बोराले कर्फ्यू तोडेर प्रहरीमाथि आक्रमण भएका कारणले फायरिङ गर्नुपरेको जनाएका छन् ।

प्रदर्शनकारी निकै उग्ररुपमा प्रस्तुत भएकोले त्यसो गर्नुपरेको उनको तर्क छ । स्थानीय पत्रकार अलख निरन्जन सहायका अनुसार फायरिङमा केही मानिस गोली लागेर घाइते भएका छन् । उनीहरुलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ । गुवाहाटी समेत राज्यका विभिन्न इलाकामा इन्टरनेट सेवापनि बन्द गरिएको छ ।उता भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विहीबार नयाँ दिल्लीमा बोल्दै नागरिकता विधेयकका बारेमा असमबासी चिन्तित हुनु नपर्ने जनाउँदै आफूले उनीहरुको अधिकार रक्षा गर्ने जनाएका छन् । बीबीसी

प्रतिक्रिया