बुधबार, वैशाख २६, २०८१

हुम्लामा फेरि टिपर दुुर्घटना, २ जनाको मृत्यु

नेपालखोज २०७६ मंसिर २६ गते १४:४४

२६ मंसिर, हुम्ला । हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका–५ स्थित पानी पाल्वाङ्गमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

हिल्सा नाकाबाट याल्वाङ्ग आउँदै गरेको बा५ खा ५३४४ नम्बरको टिपर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरूको सनाखत भइसकेको छैन् । दुर्घटनामा थप दुई जना घाइते भएका छन । सञ्चारले राम्रो काम नगरेकोले विस्तृत जानकारी नआएको प्रहरीको भनाइ छ ।

घटना स्थलमा प्रहरी पुगिसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रमुख राजेन्द्रबहदुर सिहंले जनाकारी दिए । सञ्चारले राम्रो काम नगरेकोले पूरा खबर नआएको निमित्त प्रहरी प्रमुख सिहंको भनाइ छ । हुम्लामा यसअघि पनि टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएकत्र थियो ।

प्रतिक्रिया