लुम्बिनीका सांसद डाँगीद्वारा राजीनामाको घोषणा

नेपालखोज २०७८ वैशाख २२ गते १६:०३

काठमाडौं। नेकपा एमालेको तर्फबाट दाङ निर्वाचन क्षेत्र नं २ (ख) बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित अमरबहादुर डाँगीले सांसद पदबाट राजीनामा दिएका छन् ।

डाँगीले बुधबार सभामुख पूर्णबहादुर घर्तीलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन् । डाँगीले राजीनामा दिएको लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुन मगरले पुष्टि गरे ।

मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति प्रक्रियामा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएको बताइएको छ ।

प्रतिक्रिया