शुक्रबार, वैशाख ७, २०८१

रत्ननगरमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते

नेपालखोज २०७६ मंसिर २७ गते ९:३०

२७ मंसिर, चितवन । बाराबाट काठमाडाैँ जाँदै गरेको ना ७ ख ४७५५ नम्बरको बस चितवनको रत्ननगरमा दुर्घटनामा हुँदा २२ यात्रु घाईते भएका छन् ।

चितवन रत्ननगर नगरपालिका–२ टाँडीमा बिहिबार राति पौने ११ बजे बस दुर्घटना भएकाे हाे ।

घाइतेमध्ये ४ जनाको भरतपुरमा रहेको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेकाे छ । उनीहरुको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ ।

प्रहरीका अनुसार उक्त बसमा ४२ यात्रु सवार थिए । बस अनियन्त्रित भएर पल्टिएको र बसका चालक फरार रहेका प्रहरीले बताएको छ ।

प्रतिक्रिया