शुक्रबार, फागुन ११, २०८०

‘सरकारले तत्काल विद्युत् महसुल सस्तो दिन सक्ने अवस्था छैन’

नेपालखोज २०७८ पुष १ गते १९:४८

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले उद्योगी व्यवसायीहरुलाई उद्योग स्थापना गर्दा विद्युत् नपाएर उद्योग बन्द हुने हो की भन्ने शंका रहित भएर उद्योगमा लगानी गर्न आग्रह गरेकी छन् ।

बिहीबार उर्जा मन्त्रालयमा उद्योगी व्यवसायीसँग विद्युत आपूर्ति सम्बन्धि छलफल कार्यक्रममा बोल्दै व्यवसायीले उद्योग स्थापना गर्दा विद्युत नपाएर उद्योग नै नचल्ने हो की भन्ने शंका रहित भएर उद्योगमा लगानी गर्न आग्रह गरेकी हुन् । उनले विभिन्न उद्योगमा विद्युत आपूर्तिका समस्याहरु रहेको तर, प्राधिकरणले समस्या समाधानको लागि काम गरिरहेको बताइन् ।

मन्त्री भुसालले सरकारले तत्काल विद्युत महशुल सस्तो दिन सक्ने अवस्था नभएको बताएकी छन् । उनले उद्योग सञ्चालनमा विद्युत गुणस्तर नपुग्ने समस्यालाई प्राधिरकण गुणस्तर क्षमता बढाएर विद्युत दिने वातावरण बनाउने बताइन् । मन्त्री भुसालले विद्युत उत्पादन उद्योगहरुको क्षमता भन्द धेरै रहेको बताइन् ।

उनले उद्योगी व्यवसायीहरु अन्तर्राष्ट्रिय क्षेत्रसँग जोडिएकाले नेपालमा उर्जा खपत गर्ने उद्योग ल्याउनको लागि पहल गर्न समेत आग्रह गरिन् । उनले उद्योगहरुको हकमा विद्युत महशुल महँगो भएको स्विकार गरेकी छन् ।

त्यस्तै, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरणको सर्भिस भेलिभरीको विषयमा निजि क्षेत्रले सहयोग गर्नु पर्ने बताएका छन् । उनले धेरै उद्योगी व्यवसायीहरुको प्राधिरकणको विद्युत सर्भिस कमजोर भएको गुनासो आएको बताए । निर्देशक घिसिङले सर्भिस डेलिभरीका विषयमा प्राधिरकणलाई सम्पर्क गर्न आग्रह गरे ।

उनले प्राधिरणका कुनै कर्मचारी कुनै उद्योगमा विद्युत कटौती गर्ने विद्युत नदिने गतिविधि गरेको खबर पाए तत्काल कारबाही गर्ने बताए । घिसिङले नेपालमा विद्युत महशुल विस्तारै सस्तो बन्दै जाने बताए । उनले विद्युत महशुल्क सस्तो बनाउने कुरामा विद्युत उत्पादकबाट महशुल बढाउन दवाब आउने र उद्योगीबाट घटाउने दवाब आउने गरेको बताए ।

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले उद्योगहरुले प्राधिरकणको विद्युत गुणस्तर सर्भिस नभएको बताएका छन् । उनले स्टिल उद्योगहरुमा विद्युत ५० प्रतिशत गुणस्तरिय सर्भिस नहुदाँ समस्या भइरहेको बताए । राती उद्योग सञ्चालन गर्दा विद्यूत महशुल सस्तो पर्ने भनेर उद्योग सञ्चालन गर्दा पनि ४० पटकसम्म विद्युत कटौती हुने बताए ।

प्रतिक्रिया