शुक्रबार, वैशाख १४, २०८१

रहेनन् काठमाडौँ नगरका प्रथम जननिर्वाचित मेयर

नेपालखोज २०७६ मंसिर २७ गते १४:३५

२७ मंसिर, काठमाडौँ । काठमाडौँ महानगरपालिका ( तत्कालिन काठमाडौँ नगरपालिका) का प्रथम जननिर्वाचित सभापति जनकमान श्रेष्ठको शुक्रबार निधन भएको छ ।

९२ वर्षिया श्रेष्ठ बिगत १ बर्षदेखि लिभर क्यान्सरको समस्याबाट गुज्रिरहेका थिए । अन्तिम चरणमा उपचार घरमै भैरहेको अवस्थामा उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

सभापति श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै काठमाडौँ महानगरका प्रमुख बिद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले मृत आत्माको चीर शान्ति र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

प्रतिक्रिया