बिहीबार, वैशाख १३, २०८१

लिम्पियाधुरा समेटेर नेपालको नयाँ नक्सा जारी गर्न संसदीय समितिको सरकारलाई अर्को निर्देशन

नेपालखोज २०७६ मंसिर २७ गते १७:०८

२७ मंसिर, काठमाडौँ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको छ। शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले गृहमन्त्री रामबहादुर थापा र भूमी व्यवस्था मन्त्रीलाई बोलाएर देशको सिमाना सम्बन्धि छलफल गरेपश्चात सरकारलाई यस्तो निर्देशन दिएको हो ।

हुन त यसअघि पनि प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले सरकारलाई लम्पियाधुरालाई समेटेर नेपालको सही नक्सा बनाउन निर्देशन दिएको थियो तर नयाँ नक्सा सार्वजनिक गर्ने तर्फ अहिलेसम्म सरकारले खासै कदम चालेको देखिदैन ।

शुक्रबारको बैठकले मन्त्रालयहरुबीच समन्वय गर्न संयन्त्र निर्माण गरि एकीकृत काम गर्न समेत निर्देशन दिएको छ।

यसैगरी,  कालापानी क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरुलाई सहज रुपमा आवातजावत गर्न बाटो र अन्य सेवा सुविधाको उपयुक्त व्यवस्था गर्न सरकारलाई समितिको निर्देशन छ।

प्रतिक्रिया