सोमबार, वैशाख १७, २०८१

प्रधानमन्त्री कप क्रिकेटमा आज चार खेलमा प्रतिस्पर्धा हुने

नेपालखोज २०७८ पुष २७ गते १०:१३

काठमाडौं । प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा आज (मंगलबार) चार खेलमा प्रतिस्पर्धा हुने भएको छ । दुई खेल त्रिवि क्रिकेट मैदान र दुई खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

त्रिवि क्रिकेट मैदानमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच पहिलो खेल हुनेछ । यस्तैे दोस्रो खेलमा वाग्मती प्रदेश र एपीएफ क्लबबी हुनेछ । मूलपानी मैदानमा प्रदेश १ र कर्णालीबीच पहिलो खेल हुनेछ भने दोस्रो खेलमा प्रदेश–२ र गण्डकी प्रदेश प्रतिस्पर्धा गर्नेछन् ।

हिजो (सोमबार) देखि सुरु भएको प्रतियोगितामा १० टोली सहभागी हुँदैछन्

प्रतिक्रिया