शुक्रबार, वैशाख १४, २०८१

शनिबार संकटा मन्दिरको दर्शन गर्नुस् यस्तो हुन्छ लाभ । तपाईको आजको दिन कस्तो छ हेर्नुहोस्

नेपालखोज २०७६ मंसिर २८ गते ७:०९

शनिबार भगवान शनिदेवप्रति समर्पित छ । शनिबारका दिन काठमाडौमा रहेको संकटा मन्दिरको बिशेष महत्व छ । त्यसैले यदि तपाईंको शनिको दशा चलिरहेको छ भने यो दिन मन्दिरमा शनिदेवको पूजा गरेर शान्त पार्न सक्नु हुनेछ । यो दिन भगवान हनुमान तथा काली माताको पनि पूजा गरिन्छ ।

शनिबारलाई अकाल मृत्यु निवारण गर्ने बारको रुपमा पनि लिइन्छ । यो दिन शनिदेवका साथै भगवान रुद्रको पूजा गरिन्छ । शनिबारको दिन कालो रंगको कपडा लगाउने र कालो वस्तु गरिबलाई दान गर्दा फल प्राप्ति हुनेछ ।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
पार्टी पिकनिक तथा सेमिनारमा सहभागीता भइएला । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोतपनि बढ्नेछन् ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
काम गर्ने हौसला मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रमाइलो यात्राको योग रहेको छ । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । व्यापार व्यवसायमा वृद्धि होला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । समय व्यवस्थापन गर्न गारो पर्नेछ । स्वास्थ्यमा प्रतिकूलता रहन सक्छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
कला प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मित्रजनको साथ र सहयोगमा उल्लेख्य कार्य सम्पादन हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । समाजसेवामा मन लाग्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
अचल सम्पत्ती हात पर्ने योगछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । आर्थिक वृद्धिका साथै सामाजिक कार्यमा विशेष अभिरुचि रहनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
कार्य क्षेत्रमा सजग रहनु उचित हुने देखिन्छ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । कष्टकर र खर्चिलो यात्रा रहला ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
अरूलाई प्रभावित पारेर काम बन्नेछ । नयाँ कार्यको योजना बन्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । राजनैतिक कार्यमा सफलता मिल्नेछ । मित्र सुख मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । मित्र वा आफन्तको सहयोगबाट सहयोग पाईनेछ । नयाँ कार्यको थालनी हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आम्दानी बढाउने काम सुरू गर्न सकिनेछ । नयाँ व्यक्ति संग भेटघाट हुने समयछ । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्नेछ । शत्रु पक्षपनि सबल रहनसक्छन् ।

प्रतिक्रिया