शुक्रबार, वैशाख १४, २०८१

धनुषामा शक्तिशाली बम बिस्फोट, प्रहरी निरीक्षकसहित तीनजनाको मृत्यु

नेपालखोज २०७६ मंसिर २८ गते ७:५६

२८ मंसिर, जनकपुरधाम । धनुषामा बम बिस्फोट हुँदा प्रहरी निरीक्षकसहित तीनजनाको मृत्यु भएको छ । शुक्रबार राति करिब पौने १२ बजेको समयमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ स्थित महेन्द्रनगर बजारमा बम बिस्फोट भएको हो ।

बिस्फोटमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर कुमार दाहालसहित तीनजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा औषधि व्यवसायी ४८ वर्षे राजेश साह र उनका १६ वर्षे छोरा आनन्द साह समेत रहेको प्रहरीले जनाएको छ ।
साहका अर्का छोरा प्रकाश साह, छोरी अन्जली साह, प्रहरी जवान रिजन महतो घाइते रहेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।

राजेश साह र उनका छोराको उपचारको क्रममा जनकपुरमा मृत्यु भएको हो । प्रहरी निरीक्षकलाई उपचारका लागि धरान लगिएको थियो र उनको त्यहिँ मृत्यु भएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

प्रतिक्रिया