गठबन्धन कांग्रेसको चाहना होइन, समयको माग : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाएको जनमतको अपमान गरेर संविधान विपरीत चलेपछि वर्तमान गठबन्धन निर्माण भएको बताएका छन् ।

आज नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं १० ले कीर्तिपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले उक्त कुरा बताएका हुन् । यो गठबन्धन कांग्रेसको चाहाना नभई मुलुकलाई निकास दिन समयको माग र मुलुकको आवस्यकताको आधारमा निर्माण भएको उनले बताए । स्थानीय चुनावमा गठबन्धन के गर्ने भन्ने विषयमा कार्यकर्ता तथा शुभचिन्तकहरूको सुझावका आधारमा केन्द्रीय समितिले आधिकारिक धारणा बनाउने उनले बताए ।

कांग्रेसले विपक्षी दलकैरुपमा काम गरिरहेको समयमा केपी ओली सरकारले गरेको असंवैधानिक कदमबाट मुलुकलाई निकास दिन समयको माग बमोजिम कांग्रेसले जिम्मेवारी लिएको उनले बताए । साथै उनले आफ्नो असक्षमता लुकाउन अहिले अनावस्यक हल्ला चलाइएकाले हल्लाको पछि नलागि जनको घर घरमा पुगेर वास्तविकता बुझाउनसमेत कार्यकर्तालाई आग्रह गरेका छन् ।

मुलुकमा संकट पर्दा कांग्रेसको काधमा जिम्मेवारी आउने गरेको र संकटबाट मुलुकलाई निकास दिन कांग्रेस कुसलता पूर्वक नेतृत्व गरेर देखाउने नेता सिंहले अरु जस्तो सत्ता हुँदा एउटा कुरा सत्ता बाहिर हुँदा अर्को कुरा गरेर जनतालाई भ्रममा राख्ने काम कांग्रेसले नगर्ने बताए ।

कम्युनिस्टहरू भ्रमको खेती गर्न सिपालु रहेको आरोप लगाउँदै नेता सिंहले कांग्रेसको अगुवाइमा भएका कामबारे प्रचार गरी मत माग्न कार्यकर्तालाई निर्देशनसमेत दिए। विगतका अनुभवबाट पाठ सिकेर यसपटक समयमा नै विधिसम्मत रूपमा उम्मेदवार तय गरेर पार्टी अघि बढ्नुपर्ने उनको धारणा छ।
कांग्रेसले देस र जनताको हितमा हुने कुरा सत्तामा हुँदा होस् या सत्ता बाहिर कांग्रेस आफ्नो बोलीमा पक्का रहने कुराको ख्याल गर्न समेत कार्यकर्तालाई आग्रह गरेका छन् ।
प्रतिक्रिया