शुक्रबार, चैत १६, २०८०

साइकल यात्रुका लागि काठमाडौंमा आजदेखि छुट्टै साइकल लेन

नेपालखोज २०७६ मंसिर २८ गते ११:२९

२८ मंसिर, काठमाडौँ । काठमाडौं महानगरपालिकाले आजदेखि साइकल यात्रुको लागि सडकमा छुट्टै लेन तोकेको छ । सडक पेटीमा यसअघि नै छुट्याइएको ‘डेडिकेटेट लेन’ लाई महानगरपालिकाले साइकल लेन तोकेको हो ।

माइतीघरदेखि बानेश्वर हुँदै कोटेश्वरसम्मको २.५ किलोमिटर खण्डमा फुटपाथमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले साइकल लेन उद्घाटन गर्दै काठमाडौं उपत्यकालाई साइकलमैत्री बनाउने अभियानको थालनी भएको बताए । सडकको दायाँबायाँ रहेका साइकल लेनको चौडाइ ७ फिट ६ इन्च फराकिलो छ ।

साइकल लेनका महानगरले लागि दुई करोड ६० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । चुनावी घोषणापत्रमा काठमाडौं महानगरपालिकालाई साइकल सिटी बनाउने घोषणा गरेका महानगर प्रमुख शाक्यले यो लक्ष्य पुरा गर्न सबै क्षेत्रको सहयोग हुनुपर्ने बताए ।

‘सडक विभाग, ट्राफिक प्रहरी र अन्य सरोकार निकायको सहयोगले मात्र यस अभियानलाई सफल बनाउन सकिन्छ,’ उनले भने । त्यसैगरी, सबै प्रकारका सवारीसाधनलाई छुट्टाछुट्टै वा संयुक्त मार्गको व्यवस्था गर्ने र यसमा पनि वातावरणमैत्री सवारीलाई प्राथमिकता दिने योजना रहेको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले बताए ।

प्रतिक्रिया