बिहीबार, चैत १५, २०८०

धनुषा बम काण्डः साहको हत्या गर्ने उद्देश्यले बम राखिएको अनुमान

नेपालखोज २०७६ मंसिर २८ गते ११:३९

२८ मंसिर, धनुषा । धनुषाको छिरेश्वरनाथ–५ गराइएको बम विस्फोटमा प्रहरीले आपराधिक समूहको प्रयोग भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । विस्फोटमा मृत्यु भएका राजेश साहको हत्या नै गर्ने उद्देश्यले उनको घरमा बम राखिएको अनुमान प्रहरीले गरेको छ । व्यापारिक पृष्ठभूमिका साहको गएराती आफ्नै घरमा भएको शक्तिशाली बम विस्फोटमा परी ज्यान गएको छ । उनका छोरा आनन्द र बम राखिएको सूचना पाएपछि घटनास्थल पुगेका नेपाल प्रहरीका इन्स्पेक्टर अमीर दाहालको पनि ज्यान गएको छ ।

प्रहरी जवान रिजनाथकुमार महतो, राजेशका १४ वर्षीय छोरा प्रकाश, २२ वर्षीया छोरी निक्कीकुमारी र ७३ वर्षीय बुबा भिखारी साह पनि विस्फोटमा घाइते भएकाहरुको उपचारका लागि धरान लगिएको छ । राति पौने १२ बजेतिर शौच गर्न निस्कँदा राजेशले बम देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

लगत्तै घटनास्थल पुगेको प्रहरीले बम निष्क्रिय पार्ने टोलीलाई खबरै नगरी आफैंले बम निकाल्न खोजेको थिया । तर, बम निकाल्ने क्रममा ठूलो विस्फोट भई जनधनको क्षति भएको हो । विस्फोटका कारण राजेशको घरमा पनि क्षति पुगेको छ ।

प्रतिक्रिया