शनिबार, वैशाख १५, २०८१

पार्टी एकताका बाँकी कामबारे छलफल गर्न नेकपाको सचिवालय बैठक बस्दै

नेपालखोज २०७६ मंसिर २८ गते ११:४३

२८ मंसिर, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयको बैठक आज बस्ने भएको छ । बैठक हिजै बस्ने तय भएपनि अध्यक्ष पुष्पकमल दहालको कार्य ब्यस्थताले गर्दा आजको लागी सरेको हो ।

नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा पार्टी एकताका बाँकी काम र भोलिदेखि बस्ने स्थायी कमिटीको बैठकमा प्रस्तुत गर्ने कार्यसूचीका बारे छलफल गर्ने तयारी रहेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

पार्टीको केन्द्रीय विभाग र आयोगले प्रमुख र उपप्रमुखबाहेकको पूर्णता पाउन सकेको छैन । सोमबारको बैठकले केन्द्रीय आयोग र विभागका प्रमुख र उपप्रमुखलाई ७ दिनभित्र त्यससम्बन्धी प्रस्ताव तयार पार्न प्रमुख र उपप्रमुखलाई जिम्मेवारी दिएको थियो । सचिवालय बैठकले केन्द्रीय विभाग, आयोग र सल्लाहकार कमिटी, ज्येष्ठ कम्युनिस्ट मञ्चले पनि पूर्णता दिइनेछ ।

प्रतिक्रिया