शुक्रबार, चैत १६, २०८०

पहिरोले बेनी– जोमसोम सडक अबरुद्ध

नेपालखोज २०७६ मंसिर २८ गते ११:५२

२८ मंसिर, काठमाडौँ । मुस्ताङ जोड्ने बेनी — जोमसोम सडक आज बिहानैदेखी बिहानैदेखि अवरुद्ध भएको छ । शुक्रबार राती म्याग्दीको अन्नपूर्ण गाउँपालिका—३ मा पर्ने गुइठेभिरमा सुख्खा पहिरो खसेपछि ७६ किलोमिटर दुरीको बेनी—जोमसोम सडकमा सिधा यातायात सेवा अवरुद्ध भएको हो ।

पहिरो पन्छाउन बेनी—जोमसोम—कोरला सडक आयोजनाको ठेकेदार कम्पनीका एक्साभेटर परिचालन गरिएको आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए । पहिरोका कारण देशका विभिन्न ठाउँबाट बेनी हुदै मुस्ताङ जान हिडेका र मुस्ताङ हुदै बेनी तर्फ छुटेका सवारी साधनहरु बिच बाटोमै रोकीएका छन् । सडक अवरुद्ध हुँदा स्थानीयबासी, मुक्तीनाथ जाने र फर्कने तिर्थयात्री तथा पर्यटकहरु प्रभावित भएका हुन् ।

यसैगरी सडकमा हिउँ जमेपछि मुस्ताङको यातायात सेवा पनि प्रभावित भएको छ । जोमसोम हँुदै उपल्लो मुस्ताङ जोड्ने सडकमा यातायात सेवा अवरुद्ध भएको छ ।

प्रतिक्रिया