शुक्रबार, वैशाख २८, २०८१

सेकेन्ड ह्यान्ड बाइक खरिद गर्नु अघि

नेपालखोज २०७९ पुष ५ गते १५:००

काठमाडाैं । हिजोआज बजारमा थुप्रै रिकन्डिसन सेन्टर खुलेका छन् । त्यहाँ गएर तपाईंले बाइक चढ्ने आफ्नो आवश्यकता पूरा गर्न सक्नुहुनेछ । यद्यपि, पुराना बाइक किन्दा केही कुरामा ध्यान पुर्‍याउन आवश्यक छ ।

बाइक जाँच गर्ने :

बाइक जाँच गर्दा सकेसम्म अनुभवी व्यक्तिलाई लानुपर्छ। बाइकका हरेक पार्टपुर्जा चेक गर्नुपर्छ, जस्तै– ब्रेक, क्लज, एक्सिलेटर, लाइट, इन्जिन, टायर, तेल हाल्ने ट्यांकी आदि। यी पार्टपुर्जाले राम्ररी काम गर्न सक्छन् वा सक्दैनन्, यकिन गर्न आवश्यक छ। यसबाहेक बाइकको पूरा बडी हेरेर स्क्र्याच भए/नभएको समेत हेर्नुपर्छ।

इन्जिन चेक :

चाहे जुनसुकै कम्पनीको बाइक किन नहोस्, त्यसको इन्जिन क्षमता के, कति र कस्तो छ भन्ने मुख्य हो । त्यस्तै, कति सिसीको बाइकले कति किमिसम्म माइलेज दिन्छ र इन्जिन क्षमता कति राख्छ भन्ने कुरामा पनि दिनुपर्छ । यसर्थ, बाइक खरिद गर्नुअघि इन्जिन राम्ररी चेक गर्न आवश्यक छ।

कागजात :

प्रायः बाइक कुनै चिनेको मानिस वा रिकन्डिसन सेन्टरबाट खरिद गरिन्छ । जहाँसुकैबाट किन्ने भए पनि उक्त बाइकका कागजात सबैभन्दा पहिला हेर्नुपर्छ । ब्लुबुकमा उल्लेख भएको चेसिस नम्बर र बाइकको नम्बर एउटै हुनुपर्छ । यसबाहेक बाइकको कर तिरेको, बिमा गरिएको छ कि छैन भन्नेमा ध्यान पुर्‍याउनुपर्छ ।

कुदाएर हेर्ने :

बाइक छान्ने सबैभन्दा राम्रो तरिका टेस्ट ड्राइभ हो। बाइक चलाएर हेर्दा त्यहाँ भएका कमीकमजोरी सजिलै पत्ता लगाउन सकिन्छ।

प्रतिक्रिया