बिहीबार, वैशाख १३, २०८१

लामो समय कम्प्युटर चलाउनेलाई हुन सक्छ यस्तो खतरा, यी हुन बच्ने तरिका

नेपालखोज २०७६ मंसिर २९ गते ६:५५

कम्प्युटर वा ल्यापटपमा लगातार काम गर्नेलाई ‘टेनिस एल्बो’ रोगको खतरा ज्यादा हुने देखिएको छ । पछिल्लो समय यो रोग लाग्नेमध्ये ४० प्रतिशत मानिस कम्प्युटरमा लामो समयसम्म टाइपिङ गर्ने छन् ।
डाक्टरहरुका अनुसार १० घन्टाभन्दा बढी कम्प्युटर वा ल्यापटपमा टाइपिङको काम गर्नेहरुमा यो रोग तीव्र रुपमा बढ्दै गएको छ ।

तल कुइनो राखेर किबोर्डमा लामो समयसम्म टाइप गर्दा वा माउस चलाउँदा मांसपेशीलाई हाडसँग जोड्ने भाग ‘टेन्डन’मा हल्का प्रहार हुन्छ । यो लगातार रुपमा भइरहे ‘रिपिटेटिभ स्ट्रेस इन्जुरी’का कारण टेन्डन दुख्न थाल्छ ।
यो अचानक नभई विस्तारै बढ्दै जान्छ । सुरुवातमा कुइनोमा मात्र दुख्छ, पछि तलमाथि फैलिन थाल्छ ।

टेनिस एल्बोका लक्षण
कुइनोलाई चलाउँदा दुख्ने ।
ब्रस गर्दा, कपाल कोर्दा कुइनोनेर दुख्ने ।
ताला खोल्दा वा चियाको कप उठाउँदा दुख्ने ।

बच्ने उपाय
1. १०–१० मिनेटमा विश्राम लिँदै टाइप गर्नुपर्छ ।
2. विश्रामका बेला नाडी र कुइनोको व्यायाम गर्नुपर्छ ।
3. नाडीलाई घुमाउने र कुइनोलाई तन्काउने गर्नुपर्छ ।

प्रतिक्रिया