बिहीबार, वैशाख १३, २०८१

अपडेट: सिन्धुपाल्चोक बस दुर्घटनामा १५ जनाकाे मृत्यु, मृतक संख्या बढ्न सक्ने अनुमान

नेपालखोज २०७६ मंसिर २९ गते ११:०७

२९, मंसिर, काठमाडौँ । सिन्धुपाल्चोकको ६ किलो मोडमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

कालिञ्चोक मन्दिर दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको बस दुर्घटना भएको हो । दोलखाको कालिञ्चोक भ्रमणबाट भक्तपुर फर्कँदै गरेको बा ४ ख ४४६८ नम्बरको बस सुनकोशी गाउँपालिका –७ स्थित ६ किलो मोडमा आइतबार बिहान सवा ८ बजे दुर्घटना भएको हो ।

बस झण्डै पाँच सय मिटर तल खसेको छ । घटनास्थलमै मृत्यु हुनेमा बालक- २ जना महिला- ८ जना, पुरुष- २ जना रहेका छन् । उपचारका लागि लग्दै गर्दा मृत्यु हुनेमा परुष- १, महिला- १,बालक- १ रहेका छन् । अन्य केही यात्रु गम्भीर घाइते अवस्थामा रहेका छन् ।

खनालका अनुसार उक्त बस रिजर्भ गरेर कालिन्चोक मन्दिर दर्शन गरेर फर्किएको थियो । उनीहरुलाई उद्धार गरेर धुलिखेल अस्पताल लगिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया