बिहीबार, कार्तिक ६, २०७७

अवरुद्ध सञ्चार पुनःसञ्चालनमा

नेपालखोज २०७६ मंसिर ३० गते ९:१०

३० मंसिर, डोटी। हिमपातसँगै परेको चट्याङका कारण अवरुद्ध भएको टेलिफोन लाइन पुनःसञ्चालन भएको छ । डडेल्धुराको काफली टावरमा शुक्रबार राति हिमपातसँगै चट्याङ परेका कारण भ्वाइसकार्ड र डाटाकार्ड जलेर नष्ट हुँदा टेलिफोन लाइन अवरुद्ध भएको थियो ।

Advertisement

अवरुद्ध सञ्चार सुचारु भएको नेपाल टेलिकम दिपायल राजपुर कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले पहाडी जिल्ला दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, बाजुरा, अछाम तथा डोटीमा सञ्चार सम्पर्क पुनःसञ्चालन आएको जानकारी दिए ।

शुक्रबार साँझदेखि आइतबार दिनभरि टेलिफोनसँगै इन्टरनेट सेवा पूर्णरुपमा अवरुद्ध हुँदा यहाँका पहाडी जिल्लामा बैंकिङ कारोवार ठप्प भएको थियो ।

Advertisement

हिमपातका कारण यहाँको जनजीवन भने प्रभावित नै बनेको छ । हिमपातसँगै बढेको चिसोले ससाना बालबालिका तथा वृद्धवृद्धमा निमोनिया, रुघाखोकी, दम, ज्वरोलगायतका विभिन्न रोगले सताउन थालेको जोरायल गाउँपालिका–५ का प्रकाश रावलले जानकारी दिए ।

प्रतिक्रिया